सन्त गाथा - स्वामी आनंद अरुण
सन्त गाथा - स्वामी आनंद अरुण
Regular price
Rs300.00 NPR
Regular price
Sale price
Rs300.00 NPR
Unit price
/
per
मौन सर्वाधिक शक्तिशाली र कहिल्यै विश्राम नलिने वाणी हो । मौखिक वाणीले मौनको त्यो सहज प्रवाहमा वाधा ल्याउँछ। परिपक्व साधकका लागि मौन नै सच्चा र पूर्ण उपदेश हो । जो मौन बुझ्न सक्तैन उसका लागि गुरुले बडो कष्टले शब्दको प्रयोग गर्नुपर्छ । किनभने सत्य शब्दातीत छ र वाणीबाट त्यसलाई बुझाउन सकिदैन ।
तीर्थ, पर्व, देवदर्शन र साधनाले केही पछि मात्र आफ्नो प्रभाव देखाउँछन् जबकि सच्चा सन्तको दर्शन मात्रले नै तत्काल शुद्धि र आनन्द प्रदान गर्छ ।
मृत्युले एकैछिनका लागि भए पनि हामी सबै लाई वैरागी बनाउँछ । तर अर्काको मृत्यमा लुकेको आफ्नो मृत्युको संभावना हामी देख्दैनौं । मरेकालाई हामी 'विचरा मरेछ' भनी दया देखाए जस्तो गर्छौं तर आफू पनि त्यस्तै विचरा हो र आफ्नो मृत्युपछि अरुको विचरा पात्र आफै बन्ने छौं भन्ने बोध हामीलाई आउँदैन ।
- यसै पुस्तक बाट